हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काङ्ग्रेस १४ औं महाधिवेशन : प्रदेश निर्वाचनमा बिमली समुहको सानदार बिजय

बिस्णु कुमारी घिमिरे : हल्दिवारी ,३ मंसिर । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत झापा क्षेत्र नम्बर ३ प्रदेश ” ख ” को निर्वाचनमा पुर्व सभापति तथा युवा नेता नवीन बिमलीको समुह बिजयी  भएको छ ।

Advertisement

प्रदेश “ख “को निर्वाचनमा पदाधिकारी बाहेक सबै सदस्य पदमा हिजै निर्विरोध निर्वाचन सम्पन्न भएको थियोे ।१८ पद मध्ये बिमली समुहका १७ जना निर्विरोध भएका थिए भने अर्का युवा नेता तथा गत प्रदेश सभा निर्वाचनमा काङ्ग्रेसका उम्मेद्बार भगिरथ पोद्दार समुहका १ जना निर्विरोध निर्वाचित भएका थिए ।

Advertisement

त्यस्तै आज सम्पन्न पदाधिकारीहरुको निर्वाचनमा बिमली समुहका उम्मेद्बार तुलली प्रसाद ओलिले २३५ मत ल्याउदै सभापति पदमा बिजय हासिल गरेका थिए भने उनका प्रतिद्वन्दी पोद्दार समुहका ओमप्रकाश गौतमले ८२ मत प्राप्त गरेका थिए ।

२ जना उपसभापतिमा बिमली समुहकै टेकबहादुर सिह राजवन्सी २६१ ,पहलमान श्रेष्ठ २४३ मत ल्याउदै बिजयी भएका थिए भने गोपाल चन्द्र राजवन्सीले ८३ मत ल्याएका थिए । त्यस्तै सचीव पदमा बिमली समुहकै अर्जुन सिटौला २५५ र प्रकाश राजवन्सी २६४ मत ल्याएर बिजयी भए भने सकिल अख्तरले ७२ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सहसचिव पदमा पनि बिमली समुहकै खगेन्द्र सुवेदी २५१ र गङ्गा प्रसाद उप्रेती २४६ मत ल्याएर बिजुली भएका छ्न भने पोद्दार समुहका राधेश्याम चौधरीले ८२ मत प्राप्त गरेका थिए ।

काङ्ग्रेस नेता कृष्ण प्रसाद सिटौला निकट रहेका बिमली र काङ्ग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा निकट रहेका पोद्दारलाई झापा जिल्लामा उदयमान युवा नेताको रूपमा हेरिन्छ ।

      को को निर्विरोध निर्वाचित भए त ? हेर्नुस् पूरा विवरण : 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)