समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कालिञ्चोक बस दुर्घटना :१३ जनाको मृत्यु , १७ घाइते

कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।

विज्ञापन (Advertisement)Advertisement

इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)