समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कैलालीमा बलात्कारको झुठो आरोप लगाउने दुई महिलालाई जेल चलान

 जिल्ला अदालत कैलालीले बलात्कारको झुठो मुद्दा हालेर पुरुषलाई फसाउन खोज्ने दुईजना महिलालाई कैद सजाय सुनाउँदै कारागार चलान गरेको हो।

जिल्ला न्यायधिश बाबुकाजी बानियाको इजलासले गत मंसिर ११ गते जबरजस्ती करणीको मुद्दामा फैसला सुनाउँदै दुईजना महिलालाई कैद सजाय तोकेको अदालतका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए।

विज्ञापन (Advertisement)Advertisement

नेगीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर ५ का दशरथ चौधरी प्रतिवादी रहेको मुद्दामा जाहेरीवाली परिवर्तित नाम ७१–१६७ की महिलालाई एक महिना कैद सजाय सुनाईएको छ।

प्रतिवादीका अनुसार यस्तै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ का श्याम गौतम प्रतिवादी रहेको मुद्दामा जाहेरीवाली परिवर्तित नाम १६२–२ लाई पनि दुई महिना कैद सजाय सुनाईएको बताए।

अदालतले उनीहरुले झुठो मुद्दा हालेर निर्दोष पुरुषलाई फसाउन खोजेको भन्दै कैद सजाय सुनाएको हो। पछिल्लो समय कानूनको गलत प्रयोग गरी प्रहरीमा जबरजस्ती करणीका झुठा मुद्दा दर्ता गर्ने क्रम बढेको बताईदै आएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)