हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कोपा अमेरिका फुटबलको उद्घाटन खेलमा अर्जेन्टिना र चिली भिड्ने

सन् २०२० मा आयोजना कोपा अमेरिका फुटबलको समूह विभाजन र तालिका सार्वजनिक गरिएको छ ।

Advertisement

आगामी जुन १२ तारिख हुने उद्घाटन खेलमा लियोनल मेस्सी प्रेरित अर्जेन्टिना र चिली भिड्नेछन् । कोपा अमेरिकाले सहभागी १२ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

Advertisement

समूह ‘ए’ अर्जेन्टिना, अष्ट्रेलिया, बोलिभिया, चिली, उरुग्वे र पराग्वे रहेका छन् । समूह ‘बी’ मा साविक विजेता ब्राजिल, कोलम्बिया, कतार, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् । दुई समूहका शीर्ष चार टोली नकआउट तथा क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

सन् २०२२ को विश्वकप आयोजक कतार र अष्ट्रेलियालाई आमन्त्रित टोलीको रुपमा सहभागि गराईएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)