हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना भाइरस : कर्णाली साकोसले हल्दिवारी गाउँपालिकालाई गर्‍यो ५२ हजारको सहयोग

कर्णाली साकोस झापाले हल्दिवारी गाउँपालिकालाई ५२ हजार मुल्य बराबरको चामल तथा दाल हस्तान्तरण गरेको छ।

Advertisement

karna

Advertisement

हल्दिवारी गाउँपालिका क्षेत्रमा रहेका अति विपन्न परिवारलाई सहयोग पुर्याउन कर्णाली साकोले ९ सय केजि चामल र १२० केजि दाल गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनलाई गाउँपालिका प्राङ्गणमा हस्तान्तरण गरेको मंगल् बारे सेवाकेन्द्र्का प्रमुख कुलराज बस्नेतले बताए ।

कर्णाली साकोसले ८ लाख रुपैयाँको राहत कोष खडागरी विभिन्न झापाका गाउँपालिका तथा नगरपालिकालाई सहयोग गर्न सुरु गरेको साकोसका उपाध्यक्ष इस्वरी प्रसाद खरेलले बताए ।

गाउँपालिकालाई राहत हस्तान्तरण कार्यक्रममा साकोसका उपाध्यक्ष इस्वरी प्रसाद खरेल ,सचीव भुपाल बस्नेत ,कोषाध्यक्ष एकराज विस्ट ,ऋण समिति सदस्य दिलकेसर थापा ,लेखा समिति सदस्य मोहन बेघा ,गोलधाप / जलथल सेवाकेन्द्रका देवि थापा ,दिपकराज मैनाली तथा लखन हेम्ररमको उपस्थित रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)