समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कोहलपुरमा कफ्र्यू आदेश जारी

कोहलपुर। बाँकेको कोहलपुर तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कफ्र्यू लगाएको छ। कोहलपुरबाट पूर्वतर्फ रैनी खोला, उत्तरमा चिसापानी, पश्चिममा किरननाला र दक्षिणमा हबल्दारपुरसम्म कफ्र्यू लगाइएको हो।

विज्ञापन (Advertisement)Advertisement

सो क्षेत्रमा प्रदर्शन गर्न प्रशासनले प्रतिबन्ध लगाएपनि विद्यार्थीहरुले प्रदर्शन जारी राखेका छन्। प्रहरी र विद्यार्थीबीच झडप हुँदा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाही सहित ९ प्रहरी र केही विद्यार्थी घाइते भएका छन्।

घाइतेहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)