समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

झापा, मोरंग र सुनसरी जोड्ने विद्युतीय रेलको तयारी शुरु

विराटनगर। झापा, मोरंग र सुनसरीलाई जोड्ने गरि विद्युतिय रेलको तयारी शुरु गरिएको छ। इनरुवा–काकड्भिट्टा रेल्वे लाईन र इटहरी–विराटनगर लिंक लाइन रेल्वेका लागि तयारी शुरु गरिएको हो। इनरुवा–काकड्भिट्टा खण्ड १०६ दशमलव ५९ र इटहरी–विराटनगर खण्ड २० दशमलव १६ किलोमिटर निर्माण गरिने प्रस्ताव गरिएको छ। ११ रेल्वे स्टेशनहरु मार्ग रेखामा प्रस्तावित छन्। १० स्टेशनहरु मुख्य लाईनमा र एउटा स्टेशन लिंक लाईनमा प्रस्तावित छन्।

इनरुवा–काकड्भिट्टा र इटहरी–विराटनगर रेल्वे लिंक आयोजनामा ३ जिल्लाका १८ वटा स्थानीय तहका ६३ वटा वडा पर्ने भएका छन्। रेल्वेको परामर्शको काम दोहा इन जेभि विथ केआरएनए, सोसुङ एण्ड सिल्ट इन एसोसिएसन विथ इआरएमसी एण्ड मेटेरियल टेष्ट गौशाला काठमाण्डौंले गरेको छ।

विज्ञापन (Advertisement)Advertisement

परामर्शदाता संस्थाले शनिबार विराटनगरमा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी सार्वजनिक सुनुवाई गरेको हो । रेल्वे परियोजनाको लागि ९० अर्व रुपैयाँ लाग्ने प्रस्ताव गरिएको छ।

प्रतिघण्टा २ सय किलोमिटरको गतिमा गुड्ने विद्युतिय रेलले झापा, मोरंग र सुनसरीको ५ सय १२ दशमलव ६९ हेक्टर खेती योग्य जमिनलाई प्रभाव पार्ने देखिएको छ। आयोजना निर्माणका क्रममा ५३ दशमलव ६१ प्रतिशत जल क्षेत्र र ३३ हेक्टर वस्तीमा प्रत्यक्ष प्रभावपार्ने वातावरणीय विज्ञ रिकेश चित्रकारले बताए । उनले मेन लाईनका ३ सय ५७ र लिंक लाईनका १ सय ९३ भौतिक संरचनामा प्रत्यक्ष असर पुग्ने बताए। इनरुवा–काकड्भिट्टा र इटहरी–विराटनगर रेल्वे लिंक लाईन सहितको कार्यन्वयनले ६ सय ६६ संरचनाहरु प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

वातावरण विज्ञ चित्रकारका अनुसार ८ सय ७४ वटा ठुला रुख काट्नु पर्ने देखिन्छ। सार्वजनिक सुनुवाईमा पुर्व मन्त्री शिव बस्नेत, नेपाली काँग्रेसका नेता भक्तिनाथ माझी, कटहरीका स्थानीयवासी विश्वनाथ माझी लगायतले योजना मात्र बन्ने, काम नहुने गरेको भन्दै विद्युतिय रेल निर्माणका काम छिटो शुरु गर्नुपर्ने बताए। रेल्वे लाईन, तटबन्ध तथा अन्य सुविधाहरको निर्माणको लागि करिब २ करोड ५१ लख ४३ हजार १ सय २८ घनमिटरको निर्माण सामाग्री लाग्ने बताईएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)