दमक, १५ वैशाख ।झापाको दमकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दमक नगरपालिका वडा नं. ९, अडियामल निवासी ३८ वर्षीया लिला माया धिमालको करेन्ट लागेर मृत्यु भएको हो ।

​आज (मंगलवार) बिहान करिब ९:४५ बजे आफ्नै घरमा नुहाउनका लागि पानीको मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी धिमाललाई तत्काल उपचारका लागि दमकस्थित निम्स अस्पताल ल्याइएको थियो ।

​अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा बिहान ११:३० बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक घनश्याम धिमालकी श्रीमती हुन् ।

​घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी अधिकृतको टोली घटनास्थल पुगी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको छ । मृतकको शव अहिले सोही अस्पतालमा नै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार