हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

दाङको घोराहीमा औद्योगिक क्षेत्र घोषणा

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी l नेपाल सरकारले घोराही उप–महानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा गरेको छ। दाङको घोराही उप–महानगरपालिका वडा नं ३ र ५ को क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरिएको हो। नेपाल सरकारको यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र घोषणा गरेको छ।

Advertisement

साविक राप्तीको आवश्यता अनुसार लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले पहल गर्दै आएको थियो। संघले २०७१ सालदेखि औद्योगिक क्षेत्रका लागि पहल गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो। सबै पक्रिया पूरा भएपनि फाइल मन्त्रिपरिषद्मा पुगेर रोकिएको थियो। लामो समयको प्रयास पछि औद्योगिक क्षेत्र घोषण हुन सफल भएको हो। सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र ५ सय ४९ विग्राह रहेको छ।

Advertisement

औद्योगिक क्षेत्र घोषणा भए उद्योग स्थापनासँगै जिल्ला बासीहरुले रोजगारको अवसर प्राप्त गर्ने अपेक्षा गरेका छन्। जसले गर्दा रोजगारका लागि विदेशीने युवाहरुको संख्या समेत कमी आउने आशा जिल्लाबासीले गरेका छन्। उद्योग स्थापना भएपछि जिल्लाको राजस्वमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

अहिले घोषणा गरिएको औद्योगिक क्षेत्र कुनै विवाद नभएको संघका निवर्तमान अध्यक्ष भुसालले बताउनुभयो। औद्योगिक क्षेत्र स्थापनाका लागि यस क्षेत्रका राजनितीक दल, सरकारी निकाय, व्यवासायी तथा सरोकारवालाहरु मिलेर अगाडि वढेको उनको भनाइ रहेको छ। घोराही उप–महानगरपालिकाले नगरसभाबाट नै उक्त क्षेत्रलाई यसअघि नै औद्योगिक क्षेत्र घोषणा गरेको थियो। संघले २०५८ सालदेखि नै जिल्लामा औद्योगिक क्षेत्र स्थापनाको लागि पहल गर्दै आएको थियो। सुरुमा करौती डाडाँमा ८६ विगाहामा औद्योगिक क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन पहल थालिएको संघका पूर्व अध्यक्ष हेमराज बन्जाडेले बताउनुभयो। औद्यौगिक क्षेत्रका जग्गा कम हुने भए पछि उक्त क्षेत्र घोराही उप–महानगरपालिका लागि ल्यान्डफिल्ड साइडको रुपमा प्रयोग गर्न दिएर जग्गा खोजी भएको उहाँको भनाइ छ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले सरकारले दाङको घोराही उप–महानगरपालिका वडा नं ३ र ५ मा औद्योगिक क्षेत्र घोषणा गरेकोमा स्वागत गरेको छ। संघले पत्रकार सम्मेलनको आयोजना गरेर घोषणको स्वागत गर्दै यस कार्यमा सहयोग गर्न सम्पूर्णमा धन्यावाद दिएको छ। पत्रकार सम्मेलनमा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले औद्योगिक क्षेत्र घोषणा गरेकोमा सरकारलाई धन्यावाद दिनुभयो। (सहयोगी कारोबारबाट)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)