हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

देउवा प्रधानमन्त्री बन्दै ,ओली सत्ताबाट बाहिरिँदै

आजबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिँदै छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन्।

Advertisement

सर्वोच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन्।

Advertisement

राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार आज साँझ ५ बजे देउवालाई प्रधानमन्त्री पदको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई आज साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा नियुक्ति दिन परमादेश जारी गरेको हो।

देउवा पाँचौंपटक प्रधानमन्त्री बन्न लागेका हुन्। यसअघि उनले मुलुकको सत्ता चारपटक नेतृत्व गरिसकेका छन्। देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेका छन्।

गत जेठमा संविधानको धारा ७६ ९५० बमोजिम बहुमत १४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गरे पनि राष्ट्रपति भण्डारीले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि १५३ सांसद आफ्नो समर्थनमा रहेको दाबी आएको भन्दै देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिन अस्वीकार गरेकी थिइन् भने लगत्तै मन्त्रिपरिषद् बैठक राखेर प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रोपटक गत जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

त्यसविरुद्ध देउवाको नेतृत्वमा १४६ सांसदले हालेको मुद्दामा सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै प्रतिनिधि सभा पुनःस्थापना गर्नाका साथै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)