हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

 दोस्रो अध्यक्ष तथा उपाध्यक्षकप खेलकुद प्रतियोगिता सम्पन्न

 हल्दिवारी गाउँपालिका भित्रका १९ वटा सामुदायिक तथा संस्थागत विद्याललयहरु विच अन्तर विद्यालयस्तरीय सप्ताहव्यापी हल्दीबारी गाउँपालिकाको गौरवशाली कार्यक्रमको रुपमा स्थापित ”दोस्रो अध्यक्ष तथा उपाध्यक्ष कप खेलकुद प्रतियोगिता २०७६ ” आज सम्पन्न भएको छ ।

Advertisement

Advertisement

हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा गाउँ शिक्षा समिति अध्यक्ष डम्बर बहादुर गिरिको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथी प्रदेश १ झापा ३ का प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सी तथा बिशिस्ट अतिथी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन रहनु भएको थियोे । समापन कार्यक्रममा विभिन्न , राजनितिक दलका प्रतिनिधिहरु,वुद्धिजीविहरु,खेलकुद जगतका हस्तिहरु,कलाकार, सामुदायिक तथा संस्थागत विद्यालयका प्र.अ, प्रिन्सिपल, शिक्षक, विद्यार्थी , कर्मचारीहरुको उपस्थित रहेको थियोे ।

यहि माघ १० बाट शुरुभैइ आज सम्पन्न भएको खेलकुद प्रतियोगितामा हल्दिवारी माविले दुबैतह ( मावी तथा आवि ) मा प्रथम हुँदै (नगद ३३३३३ आवि तथा ३३३३३ मावी ) शिल प्रमाणपत्र तथा नगद जितेको छ ।

उक्त विद्यालयले आवितर्फ ४ स्वर्ण ३ रजत ४ कास्यपदक जित्न सफल भएको थियो भने मावितर्फ १० स्वर्ण ११ रजत ९ कास्य पदक जित्न सफल भएको थियोे ।हल्दिवारी प्रथम अध्यक्ष तथा उपाध्यक्षकप प्रतियोगिताको पनि दुबैतहको बिजेता हो । त्यस्तै आवितर्फ चिल्ड्रेन गार्डेन अङ्ग्रेजी स्कुल ,हल्दिवारी ३ दोस्रो भएको छ ,उसले ३ स्वर्ण ५ रजत ३ कास्य पदक जित्दै २२,२२२ नगद ,शिल र प्रमाणपत्र जितेको छ भने तेस्रो स्थान गरमकाली आवि गोलधापले ३ स्वर्ण ४ रजत ३ कास्य पदक जित्दै १११११ नगद शिल प्रमाणपत्र जितेको छ ।

मावितर्फको दोस्रो स्थान ८ स्वर्ण ८ रजत ११ कास्य पदक जित्दै जनजागृती मावी गोलधाप भएको छ ,उसले नगद २२२२२ शिल प्रमाणपत्र जितेको छ ,भने तेस्रो स्थान ७ स्वर्ण ७ रजत ८ कास्य पदक जित्दै लक्ष्मी मावीले १११११ नगद सिल प्रमाणपत्र जितेको छ ।

 

समापन समारोहमा प्रमुख अतिथी पूर्णसिंह राजवन्सी ,बिशिस्ट अतिथी रवीन्द्र प्रसाद लिङ्गदेन , शिक्षा समिति अध्यक्ष डम्बरबहादुर गिरि ,गाउँ शिक्षा प्रमुख राम बहादुर दाहाल ,खेल आयोजक कमिटी संयोजक मित्र बहादुर बस्नेत लगायतले मन्तव्य राख्नु भएको थियोे । 

              कुन कुन विद्यालयले कति कति पदक जिते , विवरण सहित

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)