झापा, १४ आश्विन । नेपालले युनिटी कपको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै ऐतिहासिक सिरिज जितेको छ। यस जितसँगै नेपालले आफ्नो पहिलो टी–२० आई सिरिज उपाधि पनि हात पारेको छ।

शारजाह क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो। ओपनर आसिफ शेखले ४७ बलमा ८ चौका र २ छक्कासहित नट आउट ६८ रन बनाए भने सन्दीप जोराेले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रनको विष्फोटक पारी खेले। चौथो विकेटमा उनीहरुको शतकीय साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्‍यायो।

जवाफमा १ सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७ दशमलव १ ओभरमा ८३ रनमा अल आउट भयो। नेपाली बलरसामु वेस्ट इन्डिजका ब्याटर टिक्न सकेनन्। आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। कुशल भुर्तेलले १६ रन खर्चेर ३ विकेट लिए भने ललित राजवंशी, करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले १५ बलमा २ छक्कासहित २१ रन बनाए। अन्य ब्याटरहरू क्रमशः जेवल एन्ड्रयु २, कायल मेयर्स ६, केसी कार्टी १, एकिम अगष्ट १७, र अमिर जांगो १६ रनमा आउट भए।

नेपालको नियमित बलर नन्दन यादव घाइते भएपछि दोस्रो खेलमा मौका पाएका आदिल आलमले उत्कृष्ट प्रदर्शन गरे। युनिटी कपको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो। अन्तिम खेल आज राति हुनेछ।

नेपालको यस ऐतिहासिक जितले देशको क्रिकेटमा नयाँ उत्साह थपेको छ र टोलीका युवा खेलाडीहरूको क्षमता प्रष्टसँग देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार