हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेपाली महिला भलिबल टिमको ऐतिहासिक जित

२८ कात्तिक, काठमाडौं । नेपाली महिला भलिबल टिमले ऐतिहासिक जित हात पारेको छ ।

Advertisement

बंगलादेशको राजधानी ढाकामा भएको प्रथम ‘एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप’को उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो।

Advertisement

नेपालले बिहीबार भएको उपाधि भिडन्तमा माल्दिभ्समाथि ३–० सेटको जित हात पारेको हो।नेपालले पहिलो सेट २५-१३, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-८ ले जित्यो।

नेपालले समूह चरणका खेलहरूमा अफगानिस्तान, किर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गरेको थियो।

महिला भलिबलले अन्तर्राष्ट्रिय सहभागीता जनाउन थालेको २० वर्षपछि नेपाली महिला भलिबल टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि हात पारेको हो। नेपालले यो प्रतियोगितालाई नेपालमा हुने दक्षिण एशियाली खेलकुद सागको तयारीका रुपमा समेत लिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)