हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेप्सेमा भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा भारी गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से झण्डै ७६ अङ्कले घटेको हो । सबै समूहको शेयर घटेपछि नेप्से ७५ दशमलव ७९ अङ्कले घटेर २५ सय ७२ दशमलव २२ विन्दुमा झरेको छ ।

Advertisement

आइतबार बैंकिङ समूहको शेयर साढे ४२ अङ्कले, विकास बैंक समूहको शेयर ८६ अङ्कले, व्यापारको एक सय १३ अङ्कले, होटल तथा पर्यटनको दुई सय २० अङ्कले, जलविद्युतको एक सय १२, फाइनान्सको ४४, माइक्रो फाइनान्सको एक सय ६० अङ्कले, जीवन बीमाको चार सय ६०, निर्जीवन बीमाको चार सय ४०, उत्पादनको एक सय ३६ र अन्य समूहको शेयर ४७ अङ्कले घटेको छ ।

Advertisement

दुई सय १५ कम्पनीका एक करोड ४६ लाख कित्ता शेयर सात अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ३९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै सबैभन्दा धेरै चन्द्रागिरि हिल्स र नारायणी विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)