बिर्तामोड । पञ्चरत्न बालक्लबको आयोजनामा आधारभुत भित्ते पत्रिका निर्माण तालीम सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको पञ्चरत्न माध्यमिक बिद्यालयको सभा हलमा बुधबार र बिहिवार संचालन भएको तालिममा बालक्लब र जुनियर रेडक्रसका सदस्यहरुको सहभागिता रहेको थियो ।

पत्रकार इन्द्रसिंह राजबशी ,सुब्रत न्यौपाने र बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलको सहजीकरण रहेको थियो।बालबालिकाको प्रतिभा र कला लाई प्रकाशन गर्न क्षमता निर्माण गर्ने उदेश्य कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक एंव बालक्लब संरक्षक योगेन्द्रमणि दाहालले जानकारी दिए।

अध्यक्ष हिमा अधिकारीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष किशोर कुमार पौडेलले बालबालिका लाई लक्ष्यित गर्दै आफू वडाध्यक्ष भएको पहिलो दिनमै बाल मैत्री वडा निर्माणको योजना ल्याएको बताए । उनले बालबालिका लाई लगानी गरेमात्र हामीले चाहेको समृद्धि प्राप्त गर्न सकिने बताए ।

कार्यक्रममा पुर्व जनप्रतिनिधि तारा भट्टराई ,बालक्लब फोक्ल्क पर्सन बद्री घिसिङ्ग, ल्गायतको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार