कृषि
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्याजको भाउ एक बर्षमै ५ सय प्रतिशतले महँगो

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर प्याजको भाउ बढेको छ । प्याजको भाउ एक बर्षमै ५ सय प्रतिशतले महँगो भएको छ । अहिले प्याज थोकमै प्रतिकिलो १७७ रुपियाँमा किनबेच भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

त्यस्तै खुद्रा बजारमा प्याजको भाउ २०० देखि २२० रुपियाँसम्म कारोबार भइरहेको जनाइएको छ । भारतबाट प्याज आउन छाडेपछी नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको हो । ब्यापारीहरुले भारतले नेपाल प्याज पठाउन रोक लगाएपछि नेपालमा महँगो हुदै गएको बताउछन् ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)