समिर न्यौपाने : खानेकुरा उचित मात्रामा सेवन गर्ने हो भने मांसपेशि बढ्छ । सन्तुलित आहार जीवनको लागि अपरिहार्य छ ।
दैनिक कार्यको लागि प्रचुर मात्रामा पौष्टिक पदार्थको आवश्यकता रहन्छ ।
शरिरमा उत्पादन हुने कोषहरुको वृद्वि पनि हुनु जरुरी हुन्छ ।
शरदर मानिसले दैनिकी ०.८ प्रतिशत पौष्टिक पदार्थ लिनुपर्दछ ।
मानिसको शारिरीक र मानसिक विकास दुवै उत्तिकै महत्वपूर्ण हुन्छ ।
१. प्रचुर मात्रामा पौष्टिक पदार्थ पाइने पदार्थ
क) सालमनः सालमन नामक माछामा प्रचुर मात्रामा ओमेगा–३ पाइन्छ । सालमनमा पौष्टिक पदार्थ पाइन्छ । भनिन्छ १०० ग्राम सालमन माछामा २२.१ ग्राम प्रोटिन पाइन्छ ।
ख) कुखुराको छाती
छाला काटेर खाएको कुखुराको १०० ग्रामको छातीमा कम्तीमा २५.१ ग्राम प्रोटिन पाइने खोजकर्ताको भनाइ छ ।
ग) सुँगुरको मासु
हाड र चिल्लो पदार्थ हटाएको मासु स्वस्थकर खानाको लागि उपयुक्त हुन्छ । पोलेको मासु र ह्याकुल्लो झन मीठो हुने गर्छ । मासुमा सोडियम र चिल्लो पदार्थको समिश्रण रहने गर्दछ ।
१०० ग्रामको सुँगुरको मासुमा १६.९६ ग्राम प्रोटिन पाइने गरेको तथ्याङ्क छ ।
२. साकाहारी भोजन
क) अण्डा
अण्डामा प्रचुर मात्रामा पोषण, चिल्लो र प्रोटिन पाइने गर्छ ।
ख) दहि
चिनी मिसिएको दहि खानको लागि उपयुक्त हुने जानकार हरुको भनाइ छ ।
ग) चिज
डेरीबाट उत्पादन हुने खानेकुरा चिज हो यसमा प्रचुर मात्रामा क्याल्सिम पाइन्छ ।
घ) दूध
एक कप दूध मा ८ ग्राम प्रोटिन हुने मूल्याङ्कन गरिन्छ ।
३. उच्च मात्रामा पौष्टिक पदार्थ पाइने शाकाहरी भोजन
क) तोफुः तोफु एक प्रकारको पौष्टिक पदार्थ पाइने खानेकुरा हो ।
ख) केराउः भनिन्छ केराउबाट १००० थरीका खानेकुरा बनाइन्छ । केराउमा प्रचुर मात्रामा फाइबर तथा पौीष्टक पदार्थ पाइने बताइन्छ ।
ग) दालः दाल विभिन्न अन्न मिसिएको हुन्छ । दालमा फाइवर, पौष्टिक पदार्थ पाइन्छ र हृदय रोग भएका मानिसलाई पनि दालको उचित सेवन हानिकारक नहुने प्रमाणित तथ्यले केलाएका छन् ।
घ) ब्रोकाउलीः ब्रोकाउलीमा प्रचुर मात्रामा पोटासियम पाइने गर्दछ ।
ङ) फर्सिको बिँया ः फर्सिको बियाँमा म्याग्नेसियम पाइने गर्दछ ।
च) काउली ः १०० ग्राम काउली बराबर १.९२ ग्राम पौष्टिक पदार्थ पाउने तर्क गरिन्छ ।
छ) कुरीलो ः कुरीलोमा प्रोटिन, भिटामिन– बि र कार्बोहाइड्रेट पाइन्छ ।
स्रोतः एजेन्सी

















