बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष Tarique Rahman लाई उनकी पार्टीका निर्वाचित सांसदहरूले संसदीय दलको नेता चयन गरेका छन्। यससँगै उनी देशका प्रधानमन्त्रीका रूपमा शपथ लिने तयारीमा छन्।
पार्टी स्रोतका अनुसार संसदीय दलको बैठकबाट यो निर्णय गरिएको हो। संसदीय परम्पराअनुसार बहुमत प्राप्त दलका संसदीय नेता नै सरकार गठनका लागि योग्य ठहरिन्छन्।
बीएनपी नेताहरूले यसलाई लोकतान्त्रिक प्रक्रियाको सफलता भन्दै नयाँ सरकारले राजनीतिक स्थिरता, आर्थिक सुधार तथा सुशासनलाई प्राथमिकता दिने बताएका छन्।
प्रधानमन्त्री पदको शपथ राष्ट्रपतिबाट गराइनेछ र शपथ ग्रहण समारोहको मिति छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















