हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने विजयी

झापा, फागुन १६ । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् ।

Advertisement

मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो ।

Advertisement

बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष , जनसम्पर्क उपाध्यक्ष , कोषाध्यक्ष , तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले वर्चस्व कायम गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)