बिर्तामोड (झापा) । ​वैदेशिक अध्ययनका लागि परामर्श दिँदै आएको स्टेप वान एजुकेशन कन्सल्टेन्सीले झापाको बिर्तामोडमा आफ्नो चौथो शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले विशेषगरी दक्षिण कोरिया जान चाहने पूर्वी नेपालका विद्यार्थीहरूलाई लक्षित गर्दै सोमबार भद्रपुर रोडमा नयाँ शाखा उद्घाटन गरेको हो ।

​शाखाको उद्घाटन युवा व्यवसायी अर्जुन मैनालीले रिबन काटेर गरे । बिर्तामोड शाखाले दक्षिण कोरियाका साथै जापान, क्यानडा, बेलायत र अस्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई भाषा कक्षा र शैक्षिक परामर्श प्रदान गर्ने व्यवस्थापक हेमन्त चौहानले जानकारी दिए । “पूर्वी क्षेत्रका विद्यार्थीहरूलाई घरदैलोमै गुणस्तरीय परामर्श र भाषा कक्षा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरेका हौँ,” चौहानले भने ।

​विगत चार वर्षदेखि सञ्चालनमा रहेको यस कन्सल्टेन्सीले यसअघि काठमाडौं, धरान र इटहरीबाट सेवा दिँदै आएको छ । हालसम्म कन्सल्टेन्सीमार्फत चार सयभन्दा बढी विद्यार्थीहरू दक्षिण कोरियाका जुङुवु, कङवोन नेशनल, तोङम्याङ र कोनयाङ जस्ता उत्कृष्ट विश्वविद्यालयहरूमा भर्ना भइसकेको संस्थाले जनाएको छ । दक्ष प्रशिक्षकहरूद्वारा भाषाका साथै सम्बन्धित देशको रहनसहन र वातावरणबारे पनि जानकारी दिइने कन्सल्टेन्सीले बताएको छ ।

​शाखा उद्घाटनको अवसरमा कन्सल्टेन्सीले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आफ्नो घर आश्रम नेपाल’ मा रहेका आश्रित व्यक्तिहरूलाई साँझको भोजन गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार