हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

भारत र पाकिस्तान पुरुष भलिबलको फाइनलमा

काठमाडौं । भारत र पाकिस्तान १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।

Advertisement

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–१ को सेटमा हरायो । रोचक खेलमा भारतले श्रीलंकालाई २७–२५, २५–१९, २१–२५, २५–२१ ले स्तब्ध बनायो ।

Advertisement

यसैगरी अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ३–० सोझो सेटमा हरायो पाकिस्तानले बंगलादेशमाथि २५–१५, २५–२१, २६–२४ को जित निकालेको थियो ।

स्वर्णका लागि मंगलबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्नेछन् । महिलातर्फ भने भारत र नेपालबीच फाइनल भिडन्त हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)