हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भोलिबाट गाडी चल्ने कुरा निराधार : महासचिव सरोज सिटौला

सरोज सिटौला

भोलिबाट यातायात चल्ने समाचार बाहिरिदै गर्दा नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भोलिबाट सार्वजनिक सवारी साधन चल्ने कुरा निराधार रहेको बताएका छन् । यद्यपि उनले यातायात सुचारु गर्ने विषयमा निरन्तर रुपमा छलफल भने भइरहेको बताए ।

Advertisement

आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई उदृत गर्दै सोमबारबाट सार्वजनिक सवारी साधन सुचारु हुने समाचार बाहिर आएका थिए । महासंघका महासचिव सिटौलाले कोरोना भाइरसको महामारीबीच यातायात सञ्चालन गर्ने कार्यविधिमा छलफल भइरहेको बताए ।

Advertisement

‘यातायात मजदुरको सुरक्षा, यात्रुको सुरक्षासहित कोरोना भाइरसको महामारीबीच कुन तरिकाले यातायात सञ्चालन गर्ने भन्नेबारे कार्यविधिमा छलफल भइरहेको छ । यातायात सञ्चालन हुने पक्का भएपछि हामी आफै पत्रकार सम्मेलन गरेर जानकारी दिने छौँ’, महासचिव सिटौलाले भने ।

सरकारले गत असार २६ गतेदेखि छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेपनि यातायात व्यवसायीले काम सुरु गरेका छैनन् । सिटौलाले स्वास्थ्य सुरक्षाको विषय मात्र सम्बोधन हुन बाँकी रहेको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)