दुर्गेश  माष्टर साहेव ( नाम परिवर्तन )    कुनै एक समय चर्चित अग्रेजी पढाउने सर  साच्चै नै हजारौ विद्यार्थिका लोकप्रीय   गुरु थिए । उनले विध्यालय र ट्युसन पढाएर हजारौ विद्यार्थिको भविष्य निर्माण गरि दिएका थिए ।  दुर्गेस  माष्टर साहेब  ३५  वर्षे हँसमुख युवक, अंग्रेजीमा  स्नातक, अध्यापन कार्यमा निपुण, माध्यमिक  तहमा  अंग्रेजी  पढाउने शिक्षक   थिए । उनीसँग ट्युसन पढन विध्यार्थीहरु पालो पर्खन्थे । उनका कारण माध्यामिक तहमा अध्यायन गर्न विध्यार्थिहरुको चाप  नै  हुने गदर्थ्यो । माष्टर साहेबले छोटो समयमा विध्यालयमा र दुई तीन सिफ्टट्युसन पढाएर  अत्यन्त प्रख्यात पनि भए , आर्थिक जोहो पनि राम्रो बनाउन सफल भए ।
तर  के कुन कारणले हो माष्टर साहेब मद्यपान ( रक्सी )  सेवनको कुलतमा फँस्न  सुरु गरे  बिस्तारै – बिस्तारै  सेवनको क्रम तिब्र  र बक्लो भयो । मद्यपान( रक्सी ) सेवन कुनै समय पर्खनु परेन , सुर्य उदाउनु अस्थाउनु सँग मतलव हुन छोड्दै गयो ।   विध्यालय  जानू पुर्व नै  १/२ क्याटर पिएर मात्र  जाने काम सुरु भयो ।   यो खवर ज्यामितिय हिसाबमा सबै तिर फैलन सुरु भयो ।
उनको  यो एउटै अवगुणका कारण   विद्यालय व्यवस्थापन समिती  प्रधानाध्यापक र विध्यार्थी हरु वाक दिक्क हुन थाले  कक्षामा साह्रै नै अनियमित  हाजिर हुने कहिलेकाहीं त हप्तैभरि गयल भइदिन थाले  बारम्बार सचेत गराउँदा पनि सुध्रिने छाँट  आएन  । उनको त्यो बानीले त्यही विद्यालयमा प्रा बि तहकि शिक्षक उनकी श्रीमती समेत  यस्तो व्यवहारका कारण कायल भईन । उनको परिवार अस्तव्यस्त हुँदै गयो ।घर पाएको  शिक्षक  जागिर बाट राजिनामा दिन लगाए  ।  ट्युसन पनि बन्द भयो ।  चाइनामा डाक्टरी पढी रहेको छोरा  पैसाको अभावमा  पढाइ पूरा नभई फर्कियो ।  खर्चकै अभावमा विएस सि  नर्शिङ्ग  पढदै गरेकी छोरी काठमाण्डौ बाट घर फर्किन ।  माष्टर साहेब बिमारी परि गाउँमा  भएको घर जग्गा विक्री गरि उपचारमा खर्च गरियो  ,रकम त सकियो   तर माष्टर साहेब ठिक भएनन । अल्प आयुमै  घर परिवार सबै लाई शून्य बनाएर सदाको लागि भौतिक शरीर  बिदा भयो  ।
आज भोलि  सबैले उहाँ को बारेमा भन्ने गर्दछन , यी सबको मूल कारण उनको मद्यपान  ( रक्सी ) रहेछ । रक्सी सेवन दैनिकी नै बनिसकेको रहेछ उनको । अत्यधिक मद्यपान गरेको भोलिपल्ट उनी स्कूल नजाने गर्दा रहेछन् । तलब हात परेको दिन त साथीभाइसँग लागेर उनी मद्यपान गरेरै रात कटाउँदा रहेछन्, कहिलेकाहीं त चार–पाँच दिन नै यो क्रम चल्दोरहेछ ।
रक्सीको लत छुटाउन उनलाई परिवारले अस्पतालमा भर्ना नगरेको पनि होइन । कलेजो खराब भइसकेको भनेर डाक्टरले चेतावनी पनि नदिएका होइनन् । छोराछोरीले रोइकराइ पनि नगरेका होइनन् तर उनको त्यो दैनिकीमा सुधार आउन भने सकेन । विद्यालयमा अनियमित भइदिंदा विद्यार्थीको पढाइमा असर परेको त छँदै नै थियो  उनको पेशागत क्षमतामा समेत ह्रास आइरहेको  थियो । छोटो समयमा चर्चित भए सबै को आँखा को नानी बने तर केवल क्षणिक रहेछ  भनी गाउँ समाज साथी भाइ कुरा गर्दछन । श्रीमती भन्ने गर्द्छिन गहभरी आँसु झार्दै मद्यापान को लत ले यस्तो अवस्था निम्त्यायो ।
माथिको व्यक्ति–चित्रले मद्यपानजन्य समस्यालाई   यथार्थमा  प्रष्ट्याएको छ । मद्यपानले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा त ठूलो प्रभाव पार्दछ नै, यसले पारिवारिक, सामाजिक एवं व्यावसायिक जीवनलाई   दर्दानक अवस्थामा पुग्ने छ।
आज प्रत्येक पाँच घर मध्ये दुई घरमा समस्या भित्रीन पुगेको छ ।बेलामा  मद्यपान नियामन नगरे विकाराल समस्या देखा पर्ने छ ।

इन्द्र प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल
भद्रपुर ७ चन्द्रगढी झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार