हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मल्लको संगीतमा विश्व किर्तीमान

काठमाडौं । लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपालतथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ ।ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएकोहो ।

Advertisement

संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडकोसर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा शनिबार रिपोर्टर्स क्लबनेपालमा पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको छ ।‘म वियोगमा बाँचीरहेँ’ संगीतले विश्व रेर्कड कायम गरेर नेपालीकलाक्षेत्रलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएको जानकारी दिइएको छ ।

Advertisement

गीतमा संगीत लक्षु प्रकाश मल्लको रहेको छ भने सो गीतमा गीतकार डा। दलिपकुमार मल्लको रहेको छ । मल्लले संगीत काठमाडौंको पुतलीसडकस्थित् बिगपरिवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको जानकारी समेत गराए ।गायक, संगीतकार तथा संगीत संयोजक लक्षु प्रकाश मल्ल वि।स।२०५९ सालदेखि कलाक्षेत्रमा निरन्रत सक्रिय छन् । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढिगीतमा स्वर÷शब्द÷संगीत भरिसकेका छन् ।

सो कार्यक्रमको सभापति समेत रहेका गीतकार साहित्यकार डा। दीलपकुमारमल्लले समग्रमा सो गीतलाई शुभकामना व्यक्त गर्दै संगीतले आगामी दिनमानयाँ उचाई कायम गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । उनले संगीत नेपालीसमाजमा निकै लोकप्रिय हुनेसमेत विश्वास व्यक्त गरेका छन् ।त्यसैगरी कार्यक्रममा अग्रज गायिका देवी हमालले सो संगीतले नयाँकिर्तीमान हासिल गरेकोमा शुभकामना व्यक्त गदेै संगीतबाट नेपालीकलाक्षेत्रमा नयाँ उत्साह ल्याउने समेत जनाएकी छिन् ।

कार्यक्रममा वरिष्ठ संचारकर्मी तथा कलाकार सुदर्शन आर्चायले संगीतलेआगामी दिनमा नयाँ उचाई हासिल गर्ने बताएका छन् ।कार्यंक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार राजु सिंह, विशेष अतिथिसमेतरहेका संगीतकार नरहरि प्रेमीले गीतको समालोचना गरेका थिए ।स्टार म्युजिक सेन्टर प्रा।ली। को आयोजना रहेको सोकार्यक्रमको सचालन संचारकर्मी राजकुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको रुपमा
पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वरिष्ठ संगीतकार राजु सिंहको हातबाटएभरेष्ट वल्र्ड रेकर्डको सर्टिफिकेट संगीतकार लक्षु प्रकास मल्लले ग्रहणगरे । मल्लले नेपाली सांगीतिक क्षेत्रलाई अझ थप उचाँईमा पुर्याउन सक्दोयोगदान रहने विश्वास व्यक्त गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)