बिर्तामोड , झापा । मोहनमायामा नयाँ भर्ना हुनलाई विद्यार्थीले प्रवेश परिक्षा अनिवार्य पास गर्नु पर्छ।
बिद्यालयले बार्षिक परीक्षा फल प्रकाशित गरेपछी अभिभावक र विद्यार्थीको रोजाईको केन्द्र बनेको बिर्तामोड नगरपालिका २ मा रहेको मोहनमाया माध्यमिक बिद्यालयमा १२० जनाको लागी खोलीएको भर्नामा ११ सयले परिक्षा दिएका थिए । बिर्तामोड नगरपालिका भित्र ७५ बिद्यालय संचालनमा रहेका छन् भने १८ वटा सामुदायिक बिद्यालय रहेका छन् ।

कति स्थानमा नयाँ शैक्षिकसत्र शुरु भएसंगै बिद्यालयका प्रतिनिधि घर- घरमा विद्यार्थी खोज्न जाने वा सेवा सुबिधा दिने भन्ने सुन्नमा पाईन्छ तर यहाँको सामुदायिक बिद्यालयमा भने प्रवेश परिक्षामा पास हुनु पर्छ । १७ सय विद्यार्थी अध्ययनरत रहेको सो बिद्यालयमा नेपाली तथा अङ्ग्रेजी दुबै माध्यममा पठनपाठन हुने बिद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नर्सरी देखि कक्षा ९ सम्म १ सय २० जना विद्यार्थीको लागि भर्ना फारम खुल्ला गरिएको थियो । नर्सरी देखि कक्षा ५ सम्म ४० जना विद्यार्थीले भर्ना हुन पाउने भएपनी सो कोटाको लागि ६ सय विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् यस्तै कक्षा ६ देखि ९ सम्म ८० जना विद्यार्थी भर्ना हुनेमा ५ सय विद्यार्थीले प्रवेश परिक्षामा सामेल भएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।

४४ जना मात्र बालबालिकाले अध्ययन गर्न मिल्ने कक्षाकोठा रहेको र भवन अभावका कारण अभिभावकले माग गरे अनुसार विद्यार्थी लिन नसकिएको श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















