हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय

सल्यान – सल्यानको बागचौर नगरपालिका–२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

Advertisement

नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सहसेनानी सन्देश थापाको बम डिस्पोजल टोलीले आज दिउँसो १ः२४ बजे सो बम निस्क्रिय पारेको हो । बैंकमा बम रहेको हल्ला फैलिएपछि प्रहरीले सो ठाउँलाई नियन्त्रणमा लिई शिलबन्दी गरेको थियो ।

Advertisement

बमसँगै जनपरिषद् सल्यानको नाममा राखिएको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसँग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाई ऋण तिर्न बाध्य पारेकोलगायतका कुराहरु लेखिएको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनाको कसैले जिम्मेवारी नलिए पनि प्रतिबन्धित नेकपा माओवादीले राखेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको र बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदा दिइएकाले बैंक बन्द रहेको थियो । कार्यालयको आन्तरिक कामका लागि कर्मचारी कार्यालयमा जाने क्रममा बम जस्तो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)