हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मेची पोल्ट्रीले गर्‍यो ५१ हजारको राहत खाद्य सामाग्री सहयोग

मेची पोल्ट्री प्रालिले हल्दिवारी गाउँपालिका वडा नम्बर ४ लाई राहत सामाग्री आज शुक्रबार हस्तान्तरण गरेको छ।कोरोना भाइरसका कारण लक डाउनले समस्या परेकालाई सहयोग पुग्ने गरि मेची पोल्ट्रीले ५१ हजार बराबरको खाद्य सामाग्री सहयोग गरेको वडा अध्यक्ष होम प्रसाद चुडालले बताए ।

Advertisement

उक्त पोल्ट्री फमका प्रोपाइटर मनोज प्रसाईले ५१ हजार मूल्य बराबरको ७ सय केजि चामल ,१ सय केजि नुन ,४५ केजि दाल ,९० लिटर तेल तथा ९० वटा साबुन सहयोग गरेको वडा सचीव जयप्रसाद पोख्रेलले जानकारी दिए ।

Advertisement

वडा नम्बर ४ ले हाल सम्म पहिलो र दोस्रो किस्ता गरि (१५७+१४३=३०० ) ३ सय परिवारलाई राहत वितरण गरेको तथा छिटै तेस्रो किस्ता अनुसार राहत वितरण गरिने वडा अध्यक्ष चुडालले जानकारी दिएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)