हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेन

भद्रपुर, ३ साउन । आन्तरिक राजस्व कार्यालय मेचीले कोेभिड–१९ का कारण लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७६र०७७ मा विभिन्न शीर्षकमा रु तीन अर्ब एक करोड अर्थात् लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको झापाका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले बताउनुभयो ।

Advertisement

कार्यालयले आय करतर्फ रु एक अर्ब २५ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ३७ करोड र अन्तः शुल्कतर्फ रु ३८ करोड र अन्य शीर्षकमा रु एक करोड गरी रु तीन अर्ब एक करोड राजस्व सङ्कलन गरेको छ ।

Advertisement

उहाँका अनुसार झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्य क्षेत्र रहेको कार्यालयले गत वर्ष रु तीन अर्ब ६६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्ष २०७५ र ०७६ को तुलनामा भने कार्यालयले १४ प्रतिशत राजस्वमा वृद्धि भएको जनाएको छ । सो आर्थिक वर्षमा रु दुई अर्ब ६३ करोड मात्र राजस्व सङ्कलन भएको थियो ।

“कोडिभ–१९ का कारण सम्पूर्ण व्यवसाय ठप्प भए”, प्रमुख श्रेष्ठ भन्नुहुन्छ, “यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा देखियो । यस्तो अवस्थामा समेत लक्ष्यको ८२ प्रतिशत कर सङ्कलन गर्न सक्नु कार्यालयको ठूलो उपलब्धि हो ।” उहाँले २० लाखसम्म कारोवार गर्ने करदातालाई आय कर बुझाउनका लागि कार्यालय नआई बैंकबाट वा घरमै बसेर आफ्नो इ–बैंकिङ सेवा प्रयोग गरेर पनि पैसा दाखिला गर्दा हुने प्रणालीको बिहीबारबाट लागू गरिएको बताउनुभयो । यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)