हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

झापाका राम लिम्बु बने ‘दि भ्वाइस अफ नेपाल’को विजेता

काठमाडौं । ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बु बनेका छन् । शनिबार साँझ होलट हायातमा आयोजित अन्तिम स्पर्धामा उनी ३ प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् ।

Advertisement

‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।

Advertisement

अन्तिमस्पधाको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता भएको कार्यक्रममा आयोजकले घोषणा गरेको थियो ।विजेता लिम्बुले कार, म्यूजिक नेपालबाट एल्बम निकाल्ने अवसर लगायतका विभिन्न पुरस्कार हात पारेका छन् ।

लिम्बु कोच प्रमोद खरेललको टिममा रहेका थिए ।दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत निर्णायक रहेको प्रतियोगिताको फाइल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण समेत भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)