समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

राष्ट्रपति जन्तीलाई स्वागत गर्ने जनकपुरधाम

 आज  ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति जनकपुरधाम पुगेकी छन् ।जनकपुरस्थित संघीय प्रहरी इकाइको कार्यालय परिसरमा हेलिकप्टरबाट अवतरण गरी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुगेकी हुन ।

राष्ट्रपति भण्डारी भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुसन्तको जन्तीलाई स्वागत तथा सम्बोधन गर्न ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा पुग्ने कार्यक्रम रहेको जनाइएको छ।

विज्ञापन (Advertisement)Advertisement

धार्मिक एवं सांकृतिक पर्वको रूपमा रहेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन प्रत्येक ५ वर्षमा एकपटक अयोध्याबाट साधुसन्त रामको जन्ती बनेर जनकपुर आउने गर्छन्।

मंसिर १५ गते आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागी हुन यस वर्ष पनि अयोध्याबाट संयौको संख्यामा साधुसन्तको जन्ती बिहीबार जनकपुर आइपुगेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)