हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लकडाउन अवधिको आधा घर बहाल छुट

 धरान / लकडाउनका बेला पसल बन्द रहेकाले व्यवसायको आम्दामी नै ठप्प भएकाले घर बहाल तिर्न कठिनाई भएको समस्या बुझ्ने घरवालाहरु देखिन थालेका छन् । पसलकै आम्दामीले परिवार चलाउने अधिकांश व्यवसायीहरु अहिले ठूलो संकटमा परेका छन् ।

Advertisement

उनिहरु लाई तत्काल राहतको आवश्यकता छ र त्यस्तो राहत भनेको घर बहालमा तिर्न सहज सुविधा र छुट नै हो । व्यवसायीका समस्या बुझ्ने उदार मनका घरवालाहरु मध्ये धरान वडा ३ का डा. अर्विन कोयु राई परिवार पनि देखिएका छन् । माछाभौडी नजिक मंगोल मार्ट पसलका घर धनी डा.कोयु राई परिवारले लकडाउन अवधि चैत देखी जेठ समेत ३ महिनाको घर बहालमा आधा छुट दिएको मार्टका सञ्चालनक दिनेश बान्तवाले बताएका छन् ।

Advertisement

घरवेटी डा.कोयु राई दम्पती दुवै वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका दन्त चिकित्सक हुन । उनिहरु प्रतिष्ठानमा कार्यरत छन् । लकडाउनको कारण पसल बाट आम्दामी नभएको अवस्थामा घरवाला कोयु राईले डेढ महिनाको घरभाडा छुट दिएको सार्वजनिक सन्देश दिदै दिनेश बान्तवाले सामाजिक सञ्जालमा भनेका छन् ‘मंगोल मार्टका घरबेटी डा.अर्बिन कोयु राई तथा परिवारलाई धन्यवाद !

कोभिड १९ कोरोना भाईरस आतंकले लकडाउन भएर ब्यापारी मारमा परेको दुःखलाई महसुस गरि घरबेटीको तर्फबाट लगडाउन अबधिभर ३ महिनको घर भाडामा छ ५० प्रतिशत छुट गर्नुहुने तपाई मनका धनी कर्तव्यनिष्ठ ब्याक्तित्व डा. अर्बिन कोयु राई लागायत सम्पुर्ण परिवारलाई धन्यवाद साथै दिर्घायु र सुस्वास्थ्यको कामना, सामाजिक सहयोगमा तपाईहरुको उधारणिय योगदानको समाजले गौरवपुर्ण गाथा गाउन सकोस् !’

कोरोना महामारीका कारण सरकारले लकडाउन गरेपछि देशभर ब्यापार ब्याबसाय ठप्प भएकोले भाडामा पसल सञ्चालन गर्दै आएका व्यवसायीहरु संग घरवालाले खुलेर घरभाडा माग्न सकिरहेका छैनन् । सरकारले कलडाउन घोषित गरेपछि १ महिनाको घरभाडा नलिनु भनेपनि लकडाउन लम्बिएर तीन महिना पुग्न लागेको छ । सरकारले असार मसान्त भित्र कर तिर्न ताकेता गरेपछि व्याबसायी थप संकटमा परेका छन् ।

यस्तो अवस्थामा घर भाडाको बिषय नदिएको भन्दै घर खाली गर्ने भन्दै दुव्र्यवहार गरेको घटना बाहिर आईरहेको बेला डा.अर्विनले घर भाडा छुट दिएर अन्य घरवालाहरु लाई पनि उदाहरणयोग्य सन्देश दिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)