हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

लाखौँ ठगी गर्ने इटहरीकी सुस्मिता प्रहरीको फन्दामा

हल्दिबारी न्यूज डेक्स- बिराटचोक / लाखौँ ठगी गरेको आरोपमा इटहरी बस्ने २७ बर्षीय सुस्मिता श्रेष्ठ थापा पक्राउ परेकी छिन् । इटहरीमा बसोबास गर्ने एक महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय इटहरीले उनलाई पक्राउ गरेको हो।

Advertisement

धनकुटा नगरपालिका वडा नम्बर ५ घर भई इटहरीमा बसेर बिभिन्न मानिसहरुलाई ठगी गरेको भन्दै इटहरी प्रहरीले सोमबार थापालाई पक्राउ गरेको हो। थापाले इटहरी एवं आसपासका मानिसहरुबाट बिभिन्न प्रलोभन दिएर सयौँ मानिसहरुसँग करोडौँ रुपैँया संकलन गरेको बुझिएको छ।

Advertisement

कतिपय महिलालाई प्रलोभनमा पारेर श्रीमानलाई थाहै नदिई लाखौँ रुपैँया असुलेको र श्रीमानको डरले ती महिला कारवाहीको प्रकृयामा आउन नसकेको खुलेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)