राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा सरकारको पक्षमा र्याली निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध देशैभर प्रदर्शन हुँदै आइरहेकोमा युवा संघले जनकपुरधाममा समर्थनमा प्रदर्शन गरेको हो।
ओलीको पक्षमा नारालगाएका उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्व नाराबाजी गर्दै स्थानीय जनकचोकमा नेतात्रयको पुत्लासमेत जलाएका थिए।
विरोध प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य जानी खान, दिनेश सिंह, उज्जवल अग्रवाल, राजु गुप्तासहित सहभागी थिए। विपक्षी पाँच दलका युवाहरुले आइतबार साँझ मशाल जुलुस निकाल्ने तयारी गरिरहँदा युवा संघ नेपालले विरोध प्रदर्शन गरेको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















