हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विराटनगरको रानी सहित देशभरिका ३० नाका खुुल्ला

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी काकडभिट्टा / कोरोना महामारीको रोकथाम तथा न्यूनीकरणका लागी सरकारले गत चैत्र ११ देखि बन्द गरेको अन्तराष्ट्रिय सीमा नाकाहरु आवश्यक शर्त सहित खुुल्ला गरेको छ । सरकारले विराटनगरको रानी भन्सारसहित भारत र चीनसँग सीमा जोडिएका देशभरिका ३० वटा नाकाहरु खुल्ला गरेको हो ।
गृह मन्त्रालयले बिहीबार भारत र चीनसँग प्रत्यक्ष सीमा जोडिएका जिल्लाहरुमा पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको हो । निर्देशन अनुसार बिहीबारदेखि देशभरि भारतसँग सीमा जोडिएका २८ र चीनसँग सीमा जोडिएका २ सीमा नाकाहरु खुलेका छन् । कोरोना महामारीका कारण गत चैत्रको पहिलो सातादेखि सरकारले अन्तराष्ट्रिय सीमा नाकाहरु सहित आन्तरिक तथा बाह्य हवाई उडान समेत बन्द गरेको थियो ।
दुई महिनायता हवाई सेवा सञ्चालनमा आईसकेपनि सीमा नाकाहरु बन्द थिए । सीमा नाकाबन्द हुँदा पछिल्लो समय घरायसी किनमेल, औषधी उपचार र आफन्त भेटघाट लगायतका कार्यहरु प्रभावित भएको भन्दै जनस्तरबाट पनि सीमानाका खोल्न दबाब आईरहेको अवस्थालाई मध्यनजर गर्दै गत माघ ११ गते बसेको मन्त्रिपरिषदको बैठकले आवश्यक शर्तसहित नाका खोल्नुपर्ने निर्णय गरेको थियो ।बिहीबार मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्दै गृह मन्त्रालयले सीमानाकाहरु खोल्न देशभरका २५ वटा जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको हो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)