हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

शेयर वजार र प्रवृत्ति वारे : आचार्य रामचन्द्र

आचार्य रामचन्द्र
  केही दिन पहिला शुरु भएकाे पूजी वजार लगातार घटिरहेकाे छ।यसमा कतिपयले वजार घटाउने नीति हाे भनेर अालाेचना गरेका छन भने कतिपय वजार सुचारु हुनु पर्ने भनेर भनिरहेका छन।यहानेर नियामक निकायहरुकाे रवैया संषयपूर्ण र विवेक सम्मत नभएकाे पक्कै हाे।प्रति कम्मपनि ३% र समग्र वजार परिशुचक २% भन्दा परिवर्तन हुन नसक्ने नियम वनाएर खुलाईएकाे अंशवजारमा लगातार गिरावट अायाे।
यहाँ नेर सर्व प्रथम स्पष्ट हुने कुरा के हाे भने ठुलाे लगानि गरेर अनलाईन वनाईईकाे वजारलाई के अाधारमा सुरुमा बन्द गरियाे र अहिले के अाधारमा सुरु गरियाे यहि कुरा नै अहिलेकाे पहिलाे प्रश्न हाे।विश्वव्यापि काेराेना महामारि लाई ध्यान दिद‌ै वजार बन्द गरेकाे भए अाज नेपालमा काेराेना वल्ल वढ्दै छ र लगातार विरामि थपिईरहेका छन याे वेला किन बन्द गरेकाे वजार सुचारु गरियाे ? अहिले महामरी साम्य भएकै छैन ,लकडाउन यथावत नै छ भने वजार बन्द गर्नु र अहिले सुरु गर्नुकाे अाैचित्य स्पष्ट भएन।
यसै कारण यहानेर पश्न के हाे भने वजार बन्द गर्नु गलत थियाे र महामारिकाे विचमा सुचार गर्नु पनि गलत नै हाे।
यसले नीति निर्माता र निकायहरूमा चिन्तन, प्रक्षेपण ,विश्लेषण तथा लगानिकर्ताकाे हितमा काम गर्ने सक्षमता नै देखिएन।विवेक पुर्ण र सुझवुझ पुर्ण निर्णय नगर्नु नै मुख्य प्रश्न हाे।
शेयर वजारमा वेच्न चाहनेले वेच्न र किन्न चाहनेले किन्ने त न्युनतम वातावरण वनाउनु पर्नेमा,विचार र अध्ययन नगरि वजार बन्द गर्नु नै गलत थियाे।विश्वमा शेयर वजार सुचारु छन तर वर्तमान वातावरणकाे प्रभाव पनि छ तर वजार सुचारु छ।नेपालमा हतार हतार बन्द गर्नुकाे अाचित्य र याे वेला खुलाउनसकाे मनाेवादि विश्लेषण र तर्कना वाहेक केही हाेईन।
वजारलाई परिवेश हेरेर र मुल्यांकन गरेर कि त सुचारु राख्न जरुरि थियाे, जसमा वजार उतार चढावकाे संभावित परिवेशलाई दृश्टिगत गरि नियम वनाएर सुचारु गर्नु पर्ने थियाे तर हुन सकेन।
अहिले लगानि कर्ताकाे मनाेवल पनि कमजाेर छ भने विश्वव्यापि वेराेजगारि र मन्दिकाे संसय पुर्ण अवस्थामा लगानि वातावरण अन्याेल वनिरहेकाे छ भने वजारमा बिस्तारै तरलताकाे संकुचन देखापरेकाे छ।यसैगरि मुद्रास्फिति वढिरहेकाे अवस्था पनि छ ।त्यसैगरि सरकारि कमजाेर राजश्व र कमजाेर खर्च प्रणालिले विगत देखि नै शेयर वजारमा प्रभाव पारिरहेकाे अवस्था थियाे।यसैले समग्रमा शेयर वजारमा लगानि कर्ताकाे संशय वनिरहेकै थियाे।
शेयर वजारमा सम्वन्धित समुहका नियामक निकायकाे ठुलाे भुकिका रहन्छ।नेपालमा वैङ्किङ समूह र विमा समूह भन्दा अरुमा लगानि कर्ताले विश्वास गर्ने संरचना गत अाधार छैन।जस्तै जलविद्युत क्षेत्र,लगानिगर्ने अाधार के हाे? कम्पनिका विवरणमा एकाेहाेराे विश्वास गर्नु घातक हाे।किनकि उनिहररुलाई नियामक निकाएकाे नियमन जरुरि हुन्छ।नेपालमा व्यवसायिक वातावरण र विश्वासकाे निकै कमि भएकाे कारण सम्वनधित कमपनिका गतिविधि, काराेवार एवं सश्थागत शुशासन,पारदशिता एवं विश्वशनियता विना लगानि गर्नु भयावह नै हुन्छ त्यसैकाे प्रतिफल हाे जल विद्युतकाे शेयर वजार ।त्यसैले संरचना गत रुपमाा संस्थागत सुशासन,पारदर्शिता र विवरणकाे वास्तविकता र सहि पक्षेपण हुन जरुरि छ।
शेयर वजारमा शुचिकृत कम्पनिलाई लगानि कर्ताकाे हित र पूजिवजारकाे हितका पक्षमा मापदण्ड तयार हुन जरुरि छ।जाेखिम तत्वकाे सहि विशेलेषण र प्रतिफलकाे प्रक्षेपण र संस्थागत शुशाशन विना शेयर वजारमा ती कम्पनिका शेयर कमजाेर प्रतीत हुनछन।
अहिले खुलेकाे शेयर वजार खाेल्नुमा अाैचित्य के हाे र वन्दकाे अाचित्य स्पट नहुदा वजारमा शंशय देखिनु स्वाभाविक पक्ष हाे।याे वर्तमान वातावरणले पनि निर्धारण गर्ने कारण बिस्तारै वजार लयमा अाउने छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)