डेक्स प्रमुख/हल्दिबारी मिडिया चन्द्रगढी बैशाख ३/ इलाका प्रहरी कार्यालय इटहरीले ३ गते लाग्ने टेंग्रा मेलालाइ भिडभाड हुन नदिन बिहानै देखि सतर्कता अपनाउन आग्रह गर्दै कडाई गरेको छ ।

कोरोना फैलन सक्ने आंकलन सहित बिहान ४ बजे देखि नै मेलामा खटिएको प्रहरीले प्राय जसो भिडभाड हुने स्थानहरूमा स्थानीयहरूलाइ जम्मा हुन दिएको छैन भने व्यवसायीहरूलाइ ठाउँ खालि गर्न अनुरोध गर्दै आएको छ । प्रहरीले मेलामा आएका भक्तजनहरूलार्इ कचना मन्दिर प्रवेशमा रोक लगाइएको छ भने मन्दिरको मुल गेटमा ताला लगाएको छ ।प्रहरीले मेलामा राखिएका सबै प्रकारका जिन्सि तथा खाद्यन्न व्यवसायिहरूलाइ पनि हटाएको छ ।

मन्दिर परिसरमा ताला लगाएको कारण भक्तजनहरू पुजा सामाग्रिहरू बाहिरबाटै चढाएर फर्किएका थिए । सरकारले कोरोनाको जोखिम देखाउदै सिरूवा लगायत सभा सम्मेलन जस्ता कार्यक्रमहरू नगर्न आदेश जारी गरे बमोजिम इटहरीमा सोहि आदेश अनुसार काम गरेको इटहरी प्रहरीले बताएको छ ।

प्रहरीको अवरोधको कारण बिहान बैगुन चढाउन आउने भक्तजनहरूको भिड देखिए पनि दिउसो भने अहिले सो स्थान खालि हुदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार