हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुनसरीको राजावासमा सप्तकोसी नदिमा तिनकिलोमिटर लामो पुल बन्ने

koshi

 झापा – सुनसरीको बराहक्षेत्र नगरपालिका ९ स्थित राजावासबाट सप्तकोशी नदी वारपार गर्ने तिन किलोमिटर पक्की पुल निमार्णका लागी प्राविधिक कार्य अगाडी बढाईएको छ ।

Advertisement

पुर्व–पश्चिम लोकमार्गको पकली–कञ्चनपुर सडक निर्माण गर्ने क्रममा बराहक्षेत्रको प्रकाशपुर, राजावासबाट सप्तकोसी नदिमा करिब तिन किलोमिटर लामो पुल निर्माणको वातावरण प्रभाव मूल्याङन कार्य सुरु गरिएको हो । सडक विभागले सप्तकोसी नदीमा करिब ३० मिटर चौडाइमा २८५७ मिटर लम्बाइको पुल निमार्णका लागी वातावरण प्रभाव मूल्याङन कार्य सुरु गरेपछि कोशी व्यारेजको विकल्पमा निमार्ण हुने पुल नयाँ डिजाईनको संरचनामा तयार हुने भएको हो ।

Advertisement

सरकारले पुर्व पश्चिम लोकमार्ग खण्डमा सुनसरीको नेपाल भारत सिमाक्षेत्र नजिक रहेको कोशी व्यारेजको पुल जिर्ण अवश्थामा भएपछि आफनै लगानीमा सप्तकोशीमा नयाँ पुल निमार्ण गरि वैकल्पीक लोकमार्ग बनाउने तयारी गरेको हो सडक बिभागले पुल महाशाखाले सप्तकोसीमा पुल बनाउने देखि अन्य निर्माणको विषयमा वातावरण सम्बन्धी राय माग्न सूचना जारी गरेपछि प्राविधिक टोलीले वातावरण प्रभाव मूल्याङन कार्य सुरु गरेको हो ।

पूर्व पश्चिम राजमार्गको विकल्प तथा कोसी ब्यारेजको समयावधि समेत सकिएको सरकारले वैकल्पिक राजमार्ग बनाउने तयारी गरेको हो । सडक विभागले प्रकाशित गरेको सुचनामा एडिबीको सहयोगमा पकली–भासी–राजावास देखि कञ्चनपुर सम्म ६ लेनको सडक बनाउने योजनाको साथ प्रभाव मूल्याङन सुरु गरेको जनाईएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)