हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

हल्दिबारी। माघ १८ गते हल्दिबारी गाउँपालिकामा १५ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देनले उद्घाटन गर्नु भएको छ ।

Advertisement

हल्दिबारी माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागीता रहेका छन। खेलकुद प्रतियोगिता मुल आयोजक समितिका संयोजक सन्त कुमार थापा मगरको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष लिङ्देन , पालिका उपाध्यक्ष लक्ष्मी मैनाली ,प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र), वडा नं-२ का वडा अध्यक्ष सुकलाल राजवंंशी,लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरे ,हल्दिबारी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका राउत पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा स्वागत मन्तव्य हल्दिबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रतियोगिता आयोजक समिति सदस्य सचिव टंक प्राख्रनिले गर्नु भएको थियो। उक्त उद्घाटन कार्यक्रमको संचालन एवम सहजीकरण तुलसी कोइरालाले गर्नु भएको थियो।

Advertisement

प्रतियोगितामा हल्दिबारी गाउँपालिका भित्रका ६ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयका करिब ६ सय विद्यार्थीले विभिन्न खेलमा सहभागी जनाउने छन।

प्रतियोगिता संयोजक थापा मगरका अनुसार प्रथम स्थानका लागि ९० वटा मेडल ,द्वितीय स्थानका लागि ९० वटा मेडल र तृतीय स्थानका लागि १०२ वटा मेडलका लागि विद्यार्थीहरुको प्रतिस्पर्धा रह्ने जानकारी दिनु भएको छ । उक्त प्रतियोगिता भरिका स्वउत्कृष्ट भलिबल , एथलेटिक्स र कबड्डीका खेलाडी छात्र छात्राहरु लाई उत्कृष्ट खेलाडीको रुपमा ट्र्फि तथा मेडल प्रदान गरिने आयोजक समितिका सचिव टंक बहादुर प्राख्रनिले जानकारी दिनु भयो।

प्रतियोगितामा बिजेता भएको खेलहरुको अङ्कका आधारमा प्रथम ,द्वितीय र तृतीय हुने विद्यालयलाई समेत ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । यस प्रतियोगिता भरिबाट छानिएका उत्कृष्ट खेलाडीहरुले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)