हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

होटलहरुलाई क्वारेन्टाइन बनाउन सञ्चालकहरु तयार

क्वारेन्टिन

सम्बाददाता- धरानः धरानमा धेरै आइडियाहरु निकालिन्छ तर, कसैले गम्भिरता पूर्वक ध्यान नदिँदा त्यस्को कार्यान्वयन भने हुँदैन । नेपालमा लकडाउन घोषणा हुनअघि कोरोना महामारीका कारण धराशायी भएका पर्यटन व्यवसाय बचाउने उपायको रुपमा होटलहरुलाई क्वारेन्टाइन बनाउन सकिने विकल्प धरानका होटल व्यवसायीहरुले अघि सारेका थिए ।

Advertisement

उक्त अवधारण अहिले आएर काठमाण्डूका तारे होटलहरुको व्यवसाय बचाउन होटल संघ नेपालले अघि सारको छ । पर्यटकस्तरीय तथा तारे होटल सञ्चालकहरुको संस्था होटल संघ नेपालले होटललाई क्वारेन्टिन बनाउन सकिने भन्दै सरकारलाई विवरण बुझाएको हो । होटलहरु लाई आवश्यता अनुसार क्वारेन्टिनको रुपमा प्रयोग गर्नेबारे होटल संघ नेपालको प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशक लाई क्वारेन्टिनमा राखिँदाको शुल्क सहितको विस्तृत विवरण बुझाएको छ ।

Advertisement

विदेशमा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराई होटलहरुलाई क्वारेन्टिनको रुपमा उपयोग गर्ने निर्णय सरकारले गरेमा संघसँग आवद्ध सदस्य होटलहरुबाट आवश्यक सहयोग गर्ने संघले जनाएको छ । कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई समेत आवश्यकता अनुसार व्यवस्थापन गर्न सकिने गरी क्वारेन्टिन तयार गर्नेबारे पनि सो विवरण पत्रमा उल्लेख गरिएको छ ।

विशेष रुपमा क्वारेन्टिनको रुपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेक इन पूर्व नै कोरोना जाँच गरी संक्रमण नभएको एकीन प्रमाण हुनुपर्ने र प्रत्येक दिन पटक पटक स्वास्थ्य जाँच हुने व्यवस्था गर्नुपर्ने संघको सुझाव छ । होटल संचालनका क्रममा अनिवार्य शर्तका रुपमा तोकिएको अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरुमा कुनै क्षति हुन नहुने, कामदार, कर्मचारी तथा छिमेकका स्थानीय समुदायलाई समेत संक्रमणबाट बचाउन खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल संचालन हुनुपर्ने संघको सुझाव छ ।

संघले सरकारलाई बुझाएको विवरणमा पर्यटक स्तरीय होटलमा प्रतिव्यक्ति दिनको ३ हजार शुल्क लाग्ने, एउटै कोठमा २ जना बसेमा प्रतिव्यक्ति २५ सय रुपैयाँ लाग्ने उल्लेख गरिएको छ । त्यस्तै डिलक्स पाँचतारे होटलमा भने प्रतिकोठा दिनको १६ हजार रुपैयाँ शुल्क लाग्ने छ । यो शुल्कमा चार छाक खाना, सबैखाले आधारभूत सेवा सुविधा उपलब्ध हुने संघले बताएको छ । संघमा सातै प्रदेशमा रहेका १५ क्षेत्रीय संघहरु अन्तर्गत ३ हजार ५ सय होटलहरु सदस्य रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)