हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

“अपाङ्गता प्रतिभा २०७७” का लागि स्टार हस्पिटलको सहकार्य

काठमाडौँ । “डिसएवलिटी ट्यालेन्ट २०२०” का लागि स्टार हस्पिटलले सहकार्य गर्ने भएको छ । स्टार हस्पिटलले कार्यक्रम सफल पार्नका लागि आवश्यक केही आर्थिक सहयोग गरेको छ । साथै कार्यक्रमका लागि भविष्यमा पनि सहयोग गर्ने स्टार हस्पिटलका एक्जुकेटिभ चियर म्यान किशोरी महर्जनले बताउनु भयो । टिभि टुडे एचडी मिडीया पार्टनर रहेको “अपाङ्गता प्रतिभा २०७७” को हाल धमाधम अनलाईन अडिशन भईरहेको छ । अगष्ट १४ तारिखबाट सुरु भएको अडिसन अक्टुबर २१ सम्म चल्ने छ ।

Advertisement

Advertisement

कार्यक्रममा सहभागी प्रतियोगीले गायन,नृत्य तथा चित्रकला गरी तीन विधामा आफनो प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । कार्यक्रम “डिसएवलिटी ट्यालेन्ट २०२०” टीभि टुडे एचडीबाट प्रसारण हुनेछ । उत्कृष्ट प्रथम स्थान हाशिल गर्ने विजेताले नगद राशी एक लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पाउने छन् । कार्यक्रम यही बर्षको माघ १५ गते हुदैछ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)