हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अमेरिकामा सोमबारबाट कोरोना खोप लगाउन शुरु गरिने !

अमेरिकामा सोमबारबाट फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाउन शुरु गरिने भएको छ।

Advertisement

खोपको पहिलो ३० लाख डोज खोप उपलब्ध भइसकेको त्यहाँका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। ती खोप सबै राज्यमा उपलब्ध हुने र प्राथमिकताका आधारमा खोप दिइनेछ।

Advertisement

यो खोप कोरोनाभाइरसका विरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन  (एफडीए ) ले यसलाई सुरक्षित भएको जनाएको छ। कोरोना संकटबीच खोपले स्वीकृति पाउनुलाई निकै महत्वपूर्ण मानिएको छ।

एफडीएलाई यो खोपलाई स्वीकृति दिन दबाब परिरहेको बेला गएको शुक्रबार उसले अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। जाडो शुरु भएसँगै अमेरिकामा संक्रमण बढेको छ।

शनिबार मात्र अमेरिकामा दुई लाख १५ हजार नयाँ संक्रमित भेटिएका छन्। दुई हजार २८६ जनाको मृत्यु भएको छ। अमेरिकामा सक्रिय संक्रमितको संख्या करीब ६६ लाख पुगिसकेका छन्। मृतकको संख्या तीन लाख पाँच हजार पुगेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)