हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आइतबार सेयर परिसूचक र कारोबार दुवैमा नयाँ रेकर्ड

साताको पहिलो दिन आइतबार सेयर बजारमा परिसूचक र कारोबार दुवैमा नयाँ रेकर्ड बनेका छन्। नेप्से परिसूचक २५२४ अंकमा पुगेको छ। जुन अंक हालसम्मकै उच्च हो। एकै दिन नेप्से ४८.७४ अंकले बढेको हो। परिसूचकमा मात्रै होइन, यस दिन कारोबार रकममा समेत नयाँ रेकर्ड बनेको छ। कुल १० अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

Advertisement

एकै दिन भएको यो कारोबार रकम पनि हालसम्मकै उच्च हो। यसअघि ९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको रेकर्ड थियो। यस दिन बैंकिङ समूह ३.७ अंकले घटेको छ। साथै विकास बैंक समूह १ अंकमुनि रातो रह्यो।

Advertisement

ती बाहेकका सबै समूह बढेका छन्। ब्यापार ८२, होटल २७, जलविद्युत ५९, फाइनान्स १६, निर्जीवन बीमा ४९०, जीवन बीमा ५७२, उत्पादन ४१, अन्य ५३ र माइक्रोफाइनान्स समूह ३३४ अंकले बढेका छन्।

यस दिन १० प्रतिशत मूल्य कमाउने अधिकांश माइक्रोफाइनान्सका लगानीकर्ता रहे। गणपति, डिप्रोक्स, सारथी नेपाल, आरएसडिसी, मेरो, निर्धन उत्थान लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। मञ्जुश्री फाइनान्स, नागरिक लगानी कोषको मूल्य पनि १० प्रतिशतले बढ्यो।

समिट लघुवित्त, आरम्भ चौतारी, साधना, सपोर्ट माइक्रोफाइनान्स, सूर्योदय लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, महिला लघुवित्त, माहुली सामुदायिक, इनिफिनिटी, एनएमबि माइक्रोफाइनान्सको मूल्य ९. ९ प्रतिशतभन्दा धेरैले बढ्यो।

किसान लघुवित्त, सामुदायिक, उन्नति सहकार्य, सिभिल लघुवित्त तथा एनएलजी इन्स्योरेन्सको मूल्य पनि ९.९ प्रतिशतभन्दा धेरैले बढेको छ। यीबाहेक अरु १३ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

नेपाल फाइनान्सको मूल्य भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ। कारोबारका आधारमा हिमालय डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ५३ करोड रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल लाइफ र शिखर इन्स्योरेन्सको ३१ करोड बराबरको भयो। ग्लोबल आइएमईको २९ करोड रुपैयाँ बराबरको कारोबार भयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)