हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

इण्डियन आइडल पवनदीप नेपाल आउदै

काठमाडौँ, २३ पुस :  इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । उनी यही माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको बताए ।

Advertisement

Advertisement

‘अंग्रेजी नयाँ वर्ष २०२२ लागे यता नेपालमा पहिलोपटक विदेशी कलाकार ल्याउन लागेका छौँ,’ उनले भने,’ कोभिडले थलिएको ठमेललाई सांगीतिक माहोलले तताएर भएपनि उर्जा दिनेछौँ ।’ कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेको श्रेष्ठको भनाइ छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर सांगीतिक कार्यक्रम आयोजना गरिने उनले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)