समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

इरानको महिला फुटबल टोलीका थप तीन सदस्य अष्ट्रेलिया छोड्दै

अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले इरानको महिला फुटबल टोलीका थप तीन सदस्यले अष्ट्रेलियामा बस्ने निर्णय त्यागेर स्वदेश फर्कने निर्णय गरेको बताएका छन्।

यसअघि टोलीका सात सदस्यले अष्ट्रेलियामा शरण लिने प्रस्ताव स्वीकार गरेका थिए। तर अहिले तीमध्ये तीन सदस्य मात्र अष्ट्रेलियामा बस्ने निर्णयमा कायम रहेका छन्।

विज्ञापन (Advertisement)Advertisement

मध्यपूर्वमा २८ फेब्रुअरीमा युद्ध सुरु हुनुअघि इरानको महिला टोली महिला एशियाली कप खेल्नका लागि गत महिना अष्ट्रेलिया पुगेको थियो। प्रारम्भमा २६ सदस्यीय टोलीमध्ये छ खेलाडी र सहयोगी स्टाफका एक सदस्यले मानवीय आधारमा अष्ट्रेलियामा बस्न भिसा स्वीकार गरेका थिए।
पछि टोलीका अन्य सदस्यहरू ९ मार्चमा सिड्नीबाट मलेसियाको कुआलालम्पुरतर्फ प्रस्थान गरेका थिए। त्यसपछि केही सदस्यले आफ्नो निर्णय परिवर्तन गर्दै अष्ट्रेलिया छोड्ने निर्णय गरेका हुन्।

इरानको तस्नीम समाचार एजेन्सीका अनुसार अष्ट्रेलिया छोड्ने तीन जनामध्ये दुई खेलाडी र एक सहयोगी स्टाफ सदस्य रहेका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)