समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

इलामको रोङमा अपांगता भएका युवाको समाधिस्थल उत्खनन्, अनुसन्धान जारी

इलामको रोङ गाउँपालिका–२ लामकटेरीमा एक युवाको समाधिस्थल खोतलिएको घटनाले स्थानीय स्तब्ध भएका छन्।

रोङ–२ का वडाध्यक्ष चन्द्रशेखर घिमिरेका अनुसार स्थानीय बालकुमार राईका २२ वर्षीय अपांगता भएका छोरा राम राईको निधन भई हिजो घर नजिकै समाधि गरिएको थियो। तर आज बिहान समाधिस्थलको कपुर तोडफोड भएको अवस्थामा फेला परेको हो।

विज्ञापन (Advertisement)Advertisement

घटना सार्वजनिक भएपछि रोङ–१ का वडाध्यक्ष मनोहरी खड्का र रोङ–२ का वडाध्यक्ष चन्द्रशेखर घिमिरेसहित जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीको उपस्थितिमा स्थलगत अध्ययन गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि समाधिस्थलको कपुर खोतलिएको मात्र पुष्टि भएको र अन्य कुनै क्षति नभएको वडाध्यक्ष घिमिरेले बताए।

सम्बन्धित परिवार र प्रहरी प्रशासनको रोहवरमा समाधिस्थल पुनःस्थापना गरिएको स्थानीय शैलेश भट्टराईले जानकारी दिएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)