समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

इलामको श्रीअन्तुमा एकै दिन ६ हजारभन्दा बढी पर्यटक, व्यवसायमा नयाँ रेकर्ड

इलाम, ९ कात्तिक । इलामको सूर्योदय नगरपालिका–१, श्रीअन्तुमा शुक्रबार एकै दिन ६ हजारभन्दा बढी पर्यटकले सूर्योदयको रमणीय दृश्य अवलोकन गरेका छन्।

अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेका अनुसार, यो वर्षकै सबैभन्दा बढी पर्यटक यहाँ पुगेका हुन्। उनका अनुसार, यहाँका होटल, होमस्टे र गाउँघरका आवासहरू सबै भरिभराउ रहेका थिए। स्थानीयवासीहरूले रातभर पर्यटक व्यवस्थापनमा खटिएका थिए।

विज्ञापन (Advertisement)Advertisement

पर्यटकहरूका लागि मुख्य आकर्षणमा सूर्योदयको दृश्य, कञ्चनजङ्गा, कुम्भकर्ण र धवलागिरी हिमालको अवलोकन, हरियालीले ढाकिएका डाँडाकाँडा र कोणधारी वनस्पतिहरू, घोडचडीको आनन्द र नेपाली परिकारका स्वाद पर्दछन्।

अन्तुमा अहिले १२० भन्दा बढी होटल र होमस्टे सञ्चालनमा रहेका छन्। व्यवसायीहरूका अनुसार, शुक्रबार मात्र यहाँ  तीन करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

श्रीअन्तुको यस प्रकारको भीडले इलामको पर्यटन क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)