समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

इलाम–१ उपनिर्वाचनमा कांग्रेसका निश्कल राई विजयी

झापा । प्रतिनिधि सभा सदस्यका लागि फागुन २१ गते भएको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्।

सोमबार सम्पन्न मतगणनाअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। यससँगै नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८औँ जित सुरक्षित गरेको बताइएको छ।
राईका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरेका छन्।

विज्ञापन (Advertisement)Advertisement

त्यसैगरी नेकपा एमालेका काजिमान कागतेले ११ हजार ९६६ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन्।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रणबहादुर राईले ७ हजार ६६२ मत प्राप्त गरेको निर्वाचन परिणाममा उल्लेख गरिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)