हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

इलाम-२ मा रास्वपाका मिलन लिम्बूले गरे उम्मेदवारी दर्ता

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिलन लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् ।

Advertisement

पार्टीका उपसभापति तथा श्रममन्त्री डिपि अर्यालसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लिम्बूले उम्मेदवारी दर्ता गराएका हो।

Advertisement

यसअघि एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू र जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

साथै, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेसनका मनेबहादुर लिम्बू र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)