हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

उडीरहेको जहाजभित्र नै यात्रुबीच कुटाकुट, तस्विर भाइरल

थाइल्याण्डको बैंककबाट भारतको कोलकाता उडान भरेको विमानमा भारतीय यात्रुबीच विमानभित्रै कुटाकुट भएका दृश्यहरु समेत अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन । एउटै सिटमा बसेर यात्रा गरिरहेका स्माइल एयरवेजका यात्रुमध्ये एकले अर्कोलाई शान्त रहन र सिटबाट हात तल झार्न भनेपछि ति अर्का यात्रुले हात छोडेसँगै उनीहरुबिच विबाद हुँदै कुटाकुट भएको हो ।

Advertisement

उनीहरु कुटाकुटमा उत्रिएपछि विमानका एयर होस्टेजले ति यात्रुहरुलाई सिटमा बस्न र झगडा नगर्न आग्रह गरेपनि नमानेपछि विमानका अन्य यात्रुहरुले आपत्ति जनाएपछि भने उनीहरु केही शान्त देखिएका थिए । तर विमान कोलकतामा अवतरण गरे लगत्तै झगडा गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको अन्तराष्ट्रिसमाचार एजेन्सीहरुले जनाएका छन् ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)