इरौंटार (इलाम), फागुन । समाजमा सकारात्मक सन्देश प्रवाह र पत्रकारको दीगो हितमा योगदान पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखा लाई नगद ५१ हजार रुपैयाँसहित ‘नवौँ श्री भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिएको छ।
पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान द्वारा शनिबार रोङ गाउँपालिका–५ इरौंटार मा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष एकराज गिरीलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार तीर्थ कोइराला, प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा तथा भुर्तेल परिवारका सदस्यहरूले संयुक्त रूपमा सम्मान हस्तान्तरण गरेका थिए।
महासंघले २०८१ वैशाख ३ गते एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँको ‘पत्रकार सहारा उपचार अक्षयकोष’ घोषणा गरी पत्रकारहरूको सामाजिक सुरक्षामा योगदान पु¥याएको उल्लेख गर्दै प्रतिष्ठानले सम्मान गरेको हो। महासंघका अनुसार बिरामी तथा घाइते पत्रकारलाई उपचार सहयोग, सुत्केरी राहत, सदस्य परिवारमा मृत्यु हुँदा सहयोग तथा ६५ वर्ष माथिका ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति प्रदान गरिँदै आएको छ। पुरस्कार रकम थपिएसँगै अक्षयकोष एक करोड २० लाख ५१ हजार रुपैयाँ पुगेको अध्यक्ष गिरीले जानकारी दिए।
सो अवसरमा रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोलाई नगद ५१ हजारसहित ‘छत्र खतिवडा स्मृति प्रथम सिर्जनशील पुरस्कार’ प्रदान गरियो। त्यस्तै सामुदायिक विद्यालय स्तरीय शैक्षिक पुरस्कारअन्तर्गत नगद ७५ हजारसहित शहीद दशरथ चन्द मावि लाई उत्कृष्ट विद्यालयका रूपमा सम्मान गरिएको थियो।
उत्कृष्ट शिक्षक पुरस्कार शान्ति आदर्श माविका प्रधानाध्यापक पूर्णबहादुर राईलाई तथा उत्कृष्ट विषयगत शिक्षक पुरस्कार बलभद्र जनता माविका विज्ञान शिक्षक देवीप्रसाद खतिवडालाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ। लोपोन्मुख जाति छात्रवृत्तिअन्तर्गत शान्ति आदर्श माविमा कक्षा ११ मा अध्ययनरत सोनाम लाप्चा र विनिशा लाप्चा पुरस्कृत भए। ०८१ सालको एसईईमा उत्कृष्ट जिपिए ल्याउने धुलाबारी माविका सभियन प्रधान र कृषा ओझालाई जनही सात हजार पाँच सय रुपैयाँ प्रदान गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिवारका ज्येष्ठ सदस्य रामप्रसाद खतिवडालाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तथा ज्येष्ठ पत्रकार शिरो सान्दाइ खतिवडाले गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार